धरहरामा आजदेखि निःशुल्क पार्किङ

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
धरहरामा आजदेखि निःशुल्क पार्किङ

काठमाडौँ–  धरहरासँगै निर्माणाधिन पार्किङ भवनको पहिलो तलामा आजदेखी निःशुल्क पार्किङ सुरु भएको छ । 

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेसँगै महानगरले धरहरासँगै रहेको पार्किङ भवनमा सर्वसाधारणका लागि निशुल्क पार्किङको व्यवस्था गरेको हो ।  

महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप सहज हुने महानगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया