दक्षिणकालीमा महिलाको शव भेटियो

राम्रो अनलाइन     ०८ असार २०७८, मङ्गलबार
दक्षिणकालीमा महिलाको शव भेटियो

काठमाडौं : दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ ।अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा शव भेटिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको उनले बताए । ‘पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको छ’ खापुङले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ ।

शव अन्दाजी ३०र३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।

यसअघि २५ जेठमा बौद्धको टाउन प्लानिङ वयस्क व्यक्तिको खुट्टा भेटिएको थियो । हालसम्म त्यो खुट्टा कसको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया