एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?

राम्रो अनलाइन     ०८ चैत २०८२, आइतबार
एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 
 

प्रतिक्रिया