एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ

राम्रो अनलाइन     १० फागुन २०८२, आइतबार
एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ

काठमाडौंं –  साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो । 

आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ ।गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो । 

यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले घटेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया