काठमाडौं– शीर्ष डिभिजन क्लब न्युरोड टिम ९एनआरटी० र लालीगुराँस एसोसियन क्लबले राष्ट्रिय लिगमा अंक बाँडेका छन् ।
बुधबार (फागुन २७) सातदोबाटोस्थित एन्फा मुख्यलयमा एनआरटी र लालीगुराँसबीच भएको खेल १–१ को बराबरीमा समाप्त भएको हो ।
एनआरटीको यो प्रतियोगितामा चौथो बराबरी हो । बराबरीसँगै १९ अंक जोडेको एनआरटीले प्रतियोगितामा १० खेल खेल्दा पाँच जित, चार बराबरी र एक हार व्यहोरेको छ ।
लालीगुराँसले पनि प्रतियोगितामा पाँचौँपटक बराबरी गरेको हो । बराबरीसँगै प्रतियोगितामा २० अंक जोडेको लालीगुराँसले १० खेल खेल्दा समान पाँच जित र बराबरी गरेको छ ।
आइतबार एन्फा मुख्यालयमा एनआरटीले २६औँ मिनेटमा टोलीका अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । तर, अन्तिम समय सम्हालिन नसक्दा एनआरटीले यो अग्रता गुमाएको थियो । ९०औँ मिनेटमा आशिष गुरुङले गोल गर्दे लालीगुराँसलाई खेलमा फर्काएका थिए ।