एनपिएल क्वालिफायरः कर्णाली र जनकपुर भिड्दै

राम्रो अनलाइन     ०४ पुस २०८१, बिहिबार
एनपिएल क्वालिफायरः कर्णाली र जनकपुर भिड्दै

 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन्।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः ३० बजे सुरु हुने छ। यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो। लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि क्वालिफायर टु खेल्न लागेको हो। सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ।

प्रतिक्रिया