एनपिएलको फाइनल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

राम्रो अनलाइन     ०६ पुस २०८१, शनिबार
एनपिएलको फाइनल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

 

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। 

सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो। 

पटकपटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन। सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ। 

प्रतिक्रिया