काठमाडौँ– बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। आगलागीबाट सशस्त्रको बन्दोबस्तीको सामान जलेको छ। एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ।
हाल आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगो लागेको जनाइएको छ।