घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

राम्रो अनलाइन     ०४ फागुन २०८२, सोमबार
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सोमबार (फागुन ४) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख दुई हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ । 

आइतबार तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको सुन यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया