‘ह्रस्व दीर्घ’ मा साउथ भिलेन कबीर दुहानको इन्ट्री

राम्रो अनलाइन     १३ पुस २०८०, शुक्रबार
‘ह्रस्व दीर्घ’ मा साउथ भिलेन कबीर दुहानको इन्ट्री

काठमाडौँ – चन्द्र पन्तले निर्देशन गर्ने फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतका अभिनेता कबीर दुहान सिंहको इन्ट्री भएको छ ।

बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् । उनी तेलुगू, तमिल र कन्नड फिल्ममा  भिलेनको भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेका छन् ।

पहिलो चरणको छायाङ्कन भारतस्थित रामोजी फिल्म सिटीमा गरेको फिल्मले दोस्रो चरणको छायाङ्कन चितवनमा थालेको हो । फिल्मलाई भारतका विभिन्न भाषामा स्वराङ्कन गराउने तयारी छ । भारतमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुने फिल्म नेपालमा भने यो वर्षको अन्त्यमा ल्याउने तयारी छ । 

यस फिल्ममा साउथका चर्चित कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्मा यस अघि नै जोडिइसकेका छन् । त्यस्तै यस फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरु रहेका छन् ।


 

प्रतिक्रिया