इजरायल–हमास युद्धको एक महिना : दुई अर्ब डलर खर्च

एजेन्सी     २१ कात्तिक २०८०, मङ्गलबार
इजरायल–हमास युद्धको एक महिना : दुई अर्ब डलर खर्च


करिब ३० दिनमा १८ हजार टन बम खसालेको हिसाब मान्दा दिनमा औसत ६०० टन हुन आउँछ । इजरायलले प्रयोगमा ल्याएको बम अमेरिकी हवाई फौजले प्रतिहजार किलो ९एक टन० १६ हजार डलरमा किन्छ । तर, अमेरिकाभन्दा सानो परिणाममा आपूर्ति गर्ने इजरायलजस्ता ग्राहकलाई त्यसको मूल्य प्रतिटन २५ हजार डलर पर्ने अलजजिराले जनाएको छ । त्यसमा बमलाई तोकिएकै लक्ष्यमा प्रहार गर्न प्रयोग हुने इलेक्ट्रोनिक्स उपकरण आवश्यक पर्छ, जसको खर्च यहाँ जोडिएको छैन । यस हिसाबमा इजरायलले प्रतिदिन गाजामा खसालिरहेको बमको मात्र मूल्य १।५ करोड डलर पर्ने देखिन्छ । यसका अन्य पक्ष जोड्दा कम्तीमा पनि २।५ करोड डलर हुन आउँछ । यो दरमा हालसम्म इजरायलले गरेको बमबारीमा मात्र ७५ करोड डलर खर्च भइसकेको छ । 

तुलनात्मक किफायती मानिए पनि एफ–१६ को उडान खर्च घन्टाको आठ हजार डलर पर्छ । दिनमा थोरैमा पनि तीन सय उडान घन्टाको मान्ने हो भने त्यसको २५ लाख डलर पर्छ, अर्थात् ३० दिनको ७।५ करोड डलर । यसमा बमबारीका लागि आवश्यक निगरानी उपकरण, इलेक्ट्रोनिक युद्ध सामग्री, बमबारीको पूर्वचेतावनी दिने प्रणाली सञ्चालन खर्च आदि जोड्दा इजरायलले गाजामा ३० दिनमा गरेको खर्च दुई अर्ब डलरवरपर आउँछ । यो न्यूनतम अनुमानित खर्च हो । 

प्रतिक्रिया