इजरायली विशेष हेलिकप्टरद्वारा गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

राम्रो अनलाइन     २५ मंसिर २०८०, सोमबार
इजरायली विशेष हेलिकप्टरद्वारा गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

तेल अवीव–इजरायल डिफेन्स फोर्सले गाजामा ‘आइरन स्वर्ड्स युद्ध शुरु भएदेखि करिब  ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ ।  

आइतबारदेखि  घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ।सेनाको चिकित्सक सहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन् । 

उद्धार कार्यको नेतृत्व वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ । यो एकाइले स्थल र वायु सेना बीच समन्वयको भूमिका गरिरहेको छ ।

प्रतिक्रिया