जापानको बाह्य सम्पत्ति तीन ट्रिलियन अमेरिकी डलर पुग्यो

राम्रो अनलाइन     १६ जेठ २०८१, बुधबार
जापानको बाह्य सम्पत्ति तीन ट्रिलियन अमेरिकी डलर पुग्यो

 

काठमाडौँ– जापानको बाह्य सम्पत्ति २०२३ मा रेकर्ड ४७१।३१ ट्रिलियन येन (३ ट्रिलियन अमेरिकी डलर) मा पुगेको छ । जुन एक वर्ष अघिको तुलनामा १२।२ प्रतिशतले बढेको हो । कमजोर येनले विदेशी स्टक, बन्ड र येन सर्तमा अन्य होल्डिङको मूल्य बढाएको कारण बाह्य सम्पत्ति बढेको जनाइएको छ । 

यो सङ्ख्या लगातार छैटौँ वर्ष बढ्दै जाँदा, जापानले येनको हिसाबले लगातार ३३ औँ वर्ष विश्वको सबैभन्दा ठुलो ऋणदाताको रूपमा आफ्नो स्थान कायम राखेको छ ।

त्यसपछि २०२३ को अन्त्यसम्म जर्मनी र चीन छन् । जापान सरकार, कम्पनीहरू र व्यक्तिगत लगानीकर्ताहरूको कुल बाह्य सम्पत्ति ११.१ प्रतिशतले बढेर १,४८८.३४ ट्रिलियन येन पुगेको छ । जबकि बाह्य ऋण १०।६ प्रतिशतले बढेर १,०१७।०४ ट्रिलियन येन पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया