सुर्खेत– जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित सडककिनारको नालीमा एक पुरुष मृत फेला परेका छन् ।
मृतक ४२ वर्षीय मनबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, सोमबार बिहान स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले सार्कीको शव फेला पारेको हो ।
प्रहरीका अनुसार मृतक सार्की डाँडाकोट चन्दननाथ नगरपालिका–३ का बासिन्दा हुन् । घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।