काठमाडौं ब्याडमिन्टन एकेडेमीद्वारा लिजेन्डको सम्मान

राम्रो अनलाइन     २६ फागुन २०७७, बुधबार
काठमाडौं ब्याडमिन्टन एकेडेमीद्वारा लिजेन्डको सम्मान

काठमाडौं ब्याडमिन्टन एकेडेमीले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार २००८ सालदेखि २०७२ सालसम्म महिला सिंगल र डबल्समा च्याम्पियन भएर खेलबाट संन्यास लिइसकेका ब्याडमन्टिन खेलाडीहरूलाई सम्मान गरेको छ । 

सम्मानित हुनेमा डा. रीता थापा, राजदेवी मानन्धर, रीता अधिकारी विष्ट, विद्या भण्डारी थापा, विन्दा पौडेल सिम्खडा, शिला केसी प्रधान, कल्पना राणा, शान्ति मानन्धर, रजनी जोशी, शुभ श्रेष्ठ, जयन्ती बस्नेत र अनुपमा मास्के रहेका छन् । खेल पत्रकारितामा दुई दशकयता कार्यरत सरिता श्रेष्ठलाई पनि १० हजारसहित सम्मान गरियो ।

प्रतिक्रिया