काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

राम्रो अनलाइन     २५ पुस २०८०, बुधबार
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

काठमाडौँ– काठमाडौंबाट धनगढीका लागि उडेको दुई विमान सुर्खेतमा अवतरण गरिएको छ । प्रतिकूल मौसमका कारण धनगढीको हवाई सेवा प्रभावित हुँदा श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत डाइभर्ट गरिएको हो ।

बिहान ९ः३९ मा उडेको श्री एयरलाइन्सको जहाजले ४६ मिनेट फन्को लगाएको थियो । त्यस्तै ९ः४० मा उडेको बुद्ध एयरको जहाज पनि सुर्खेत विमानस्थलतर्फ गएको हो ।

बिहान मौसम सफा भएका कारण काठमाडौंबाट दुवै विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेर फर्किएका हुन् ।अब मौसम सफा भएपछि मात्र धनगढीमा उडान हुने बताइएको छ । 
 

प्रतिक्रिया