काठमाडौंमा बसबाट खसेर वृद्धाको मृत्यु

राम्रो अनलाइन     १० फागुन २०८२, आइतबार
काठमाडौंमा बसबाट खसेर वृद्धाको मृत्यु

काठमाडौं– काठमाडौं–३२ पेप्सीकोलानजिक सडकमा बसबाट खस्दा ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

शनिबार (फागुन ९) जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख ५७४७ नम्बरको बसबाट खसेर दोलखा, चरीकोटकी रामकुमारी भुजेलको मृत्यु भएको हो । 

दुर्घटनामा परेकी उनको अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बसचालकलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया