काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् ।
काठमान्डु गोर्खाजले आज एक परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की टोलीमा छन् । कर्णालीले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।
करण केसीको नेतृत्वमा रहेको काठमान्डु पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमान्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।