खगेन्द्र सुनारको पार्टी दर्ता, चुनाव चिह्न ‘लाइक’

राम्रो अनलाइन     ०८ मंसिर २०८२, सोमबार
खगेन्द्र सुनारको पार्टी दर्ता, चुनाव चिह्न ‘लाइक’

काठमाडौं–  अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत् रूपमा दर्ता भएको छ । सोमबार (मंसिर ८) आयोगले हाम्रो पार्टीको नेतृत्वलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आयोगमा २१६ नम्बरमा दर्ता भएको उक्त पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने ‘लाइक’ राखिएको छ ।


दल दर्ताको प्रमाणपत्र लिन बाजागाजासहित आयोग पुगेका हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी मजबुत राजनीतिक शक्तिका रूपमा उदाउने जिकिर गरे । राजनीतिक ‘कोर्स’ र देशलाई सही ढंगले दिशानिर्देश गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउने उनले उल्लेख गरे ।

सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा दलहरू थपिनु स्वाभाविक भएको बताए ।

प्रतिक्रिया