को हुन् पुजा शर्माको नयाँ प्रेमी

राम्रो अनलाइन     २३ फागुन २०७८, सोमबार
को हुन् पुजा शर्माको नयाँ प्रेमी

 

काठमाडौं– आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै उनले प्रेमको स्वीकारोक्ति दिएकी हुन् ।

जानकारहरुका अनुसार करिब एक वर्षदेखि पुजाले युद्धसँगको प्रेमलाई युद्धस्तरमा अगाढि बढाइरहेकी छन् । कोरोनाका कारण चलचित्रका गतिविधिहरु न्युन भएकाले उनीहरुलाई प्रेम गर्न प्रशस्त समय मिलेको थियो । अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ ।

हेटौंडा निवासी व्यवसायी युद्ध फिटनेसमा रुची राख्छन् । फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ उनको । उनी यदाकदा मोडलिङमा पनि देखिने गरेका थिए ।

युद्धभन्दा अघि नायक आकाश श्रेष्ठसँग नजिक थिइन् पुजा । पुजा युद्धसित लहसिन थालेपछि आकाशसँग उनको सम्वन्ध चिसियो । कुनै समयको निकै चर्चित यो जोडीका रुपमा रहेका उनीहरु आजकाल एक–अर्कासँग तर्किएर हिँड्छन् । आकाशभन्दा अगाडि पुजाको प्रेम सुदर्शन थापासँग थियो । सुदर्शनले हालै अर्की युवतीसँग विवाह गरेका छन् ।

नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ । यद्यपि, दुवैले यस विषयमा बोलेका छैनन् ।

तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आपूmलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् ।

यतिबेला पल शाह प्रकरणलाई लिएर पुजा तीव्र विवादमा मुछिएकी छन् । पल शाहको बचाउमा खुलेआम अभिव्यक्ति दिने काम गरेपछि उनलाई केही नायिकाहरुले आफ्नो फ्रेन्ड लिस्टबाटै हटाएको चर्चासमेत छ । यस्तो बेला युद्धले पनि पुजालाई बलियो साथ दिइरहेका छन् । उनी हेटौडामा म यस्तो गीत गाउँछु को प्रदर्शन हुँदा पुजासँग त्यहीँ पुगेका थिए ।

युद्ध र पुजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । तर, पुजाले स्वीकारेकी थिइनन् । आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताएकी थिइन् । अन्ततः फ्यानहरुको कौतिहल उनले मेटाइदिएकी छन् । अबका दिनमा विभिन्न युट्यूव च्यानलमा पुजा र युद्धको प्रेमापालसहितको अन्तरवार्ता सार्वजनिक हुन सक्छ ।

प्रतिक्रिया