कोपा अमेरिकाको फाइनलपछि डी मारियाले संन्यास लिने 

राम्रो अनलाइन     २८ असार २०८१, शुक्रबार
कोपा अमेरिकाको फाइनलपछि डी मारियाले संन्यास लिने 

 

काठमाडौं– अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले कोपा अमेरिकाको फाइनल आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् ।

फ्लोरिडाको मियामी गार्डेन्समा आइतबार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ । डी मारियाले साविक विजेता अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले संन्यास लिन चाहेको बताए।

‘कोपा अमेरिकाको फाइनल  मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । यो यात्रामा साथ दिने सबैलाई धेरै(धेरै धन्यवाद,’ डी मारियाले भने ।

सन् २००८ मा डेब्यू गरेका डी मारियाले १४४ खेलमा ३१ गोल गरेका छन्। डी मारियाले अर्जेन्टिनालाई सन् २०२१ को कोपा अमेरिका र २०२२ को फिफा विश्वकप दिलाउ महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया