नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । आज नवौँ दिनसम्ममा खोप लगाउनेको संख्या १ लाख ७१ हजार ४८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका २०१ खोप केन्द्रबाट सो संख्याका व्यक्तिले खोप लिएका हुन् ।
वागमती प्रदेशमा सबभन्दा धेरैले खोप लिएका छन् । वागमतीमा ५९ हजार ९४२ जनाले खोप लिएका हुन् । त्यस्तै प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७५६ र गण्डकी प्रदेशमा १७ हजार ३१५ ले खोप लगाएका छन् । लुम्बिनीमा २६ हजार ८९८, कर्णालीमा ८ हजार ६८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच मन्त्रालयले पहिलो चरणको खोप अभियान भोलिबाट सकिने जनाएको छ । भोलि शनिबारसमेत अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मीलगायतले खोप लिनेछन् ।
दोस्रो चरणको अभियानका बारे पनि चाँडै जानकारी दिने मन्त्रालयले जनाएको छ ।
