भक्तपुर– भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बेलुका ७ः१५बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुर जनाएको छ । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।