काठमाडौँ– धोती दिवस मनाउँदा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा सीके राउतसहित सबै नेता कार्यकर्ता रिहा भएका छन् । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् ।
प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसहित ५१ जनालाई पक्राउ गरिएको थियो । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।