माओवादी केन्द्रका नेता खाम प्रहरीको नियन्त्रणमा

राम्रो अनलाइन     २० चैत २०८०, मङ्गलबार
माओवादी केन्द्रका नेता खाम प्रहरीको नियन्त्रणमा


काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

नेता खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा नेता खामलाई पक्राउ गरिएको उनले बताए। 

तत्कालीन माओवादी सैन्य कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । सोही घटनाको विषयमा यसअघि पक्राउ परेका तत्कालीन माओवादीका सैन्य सहायक कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भइसकेका छन्।

प्रतिक्रिया