मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

राम्रो अनलाइन     १६ चैत २०८२, सोमबार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

सुरुंगा - पहिरो पन्छाएर गएरातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज (चैत १६) बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ ।

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उनका अनुसार, अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।

यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग आइतबार राति १०स्५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।

इलामको रोङ गाउँपालिका–४, बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया