महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

रासस     २४ भदौ २०७९, शुक्रबार
महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन


लण्डन–बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन । 

वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको  मृत्यु भएको हो  । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उनको समीप पुगेका थिए । उनका  ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा भएका छन् । उनलाई  राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया