मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

राम्रो अनलाइन     ०८ फागुन २०८०, मङ्गलबार
मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

मङ्गोलिया– यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ ।  जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको  मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ।

यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात  भएको छ । बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । 

देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म  मङ्गोलियामा अत्यधिक  चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ। मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ ।
 

प्रतिक्रिया