काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस परीक्षा)को विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले एक मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।
ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको उक्त गाडीबाट प्रदर्शनकारीले मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर आगो लगाइदिएका थिए । उक्त गाडी ग्वार्कोबाट बालकुमारीतर्फ जाँदै गरेको थियो ।
प्रदर्शनकारीले सडकमै आगजनी गरेर प्रदर्शन गरेपछि यतिबेला बालकुमारी क्षेत्र तनावग्रस्त छ । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।