मर्ने बेलामा के भने त विश्वप्रशिद्ध व्यक्तिहरूले ?

राम्रो अनलाइन     १३ चैत २०७७, शुक्रबार
मर्ने बेलामा के भने त विश्वप्रशिद्ध व्यक्तिहरूले ?

–जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) मृत्युशैयामा थिए । उनका सहयोगीले उनलाई केही भन्नु छ कि भनेर सोध्दा उनले भनेका थिए, ‘अन्तिम शब्द त मूर्खका हुन्छन्, जसले बाँचुञ्जेल पर्याप्त बोल्न सकेनन् ।’ 

–फ्रेन्च अभिनेत्री राचेल फेलिक्स (सन् १८२१–१८५८) का अन्तिम शब्द थिए, ‘आइतबार मर्न पाउँदा म खुशी छु । सोमबार मर्नु नमज्जाको कुरा हो ।’ 

–जमैकाका विश्वप्रसिद्ध गायक बब मार्ले (सन् १९४५–१९८१) ले मर्ने बेलामा आफ्ना छोरा जिग्गीलाई भनेका थिए, ‘पैसाले जीवन किन्न सक्दैन ।’ 

–जर्मन संगीतकार लुडविग भान बिथोवेन (सन् १७७०–१८२७) का अन्तिम शब्द थिए, ‘ताली बजाउनुस्, साथीहरू ! प्रहसन सक्कियो ।’ 

–स्पेनी विश्वविख्यात कलाकार पाब्लो पिकासो (सन् १८८१–१९७३) ले जीवनको आखिरी क्षणमा आफन्तलाई भनेका थिए, ‘मेरा निम्ति पिउनुहोस्, मेरो स्वास्थ्यको कामना गर्दै पिउनुहोस् । किनभने, अब म पिउन सक्दिनँ ।’ 

प्रतिक्रिया