नागढुंगा नाकाबाट पेस्तोलसहित एकजना पक्राउ

राम्रो अनलाइन     ०१ फागुन २०८२, शुक्रबार
नागढुंगा नाकाबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – पेस्तोलसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन् ।

पुरीलाई प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट मेड इन यूएसए लेखिएको एकथान पेस्तोल र चार राउन्ड गोलीसहित शुक्रबार बिहान पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार उनलाई पक्राउ गरिएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया