नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत

राम्रो अनलाइन     २३ माघ २०८१, बुधबार
नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत

 

काठमाडौँ– नेपालले त्रिकोणात्मक महिला अन्तरराष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको हो ।

नेपालका लागि पूजा महत्तोले सर्वाधिक ६२ रन योगदान दिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन । कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नट आउट रहिन् । 

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन् भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए ।
 

प्रतिक्रिया