नेपालले भोलिदेखि क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

राम्रो अनलाइन     ११ असोज २०८१, शुक्रबार
नेपालले भोलिदेखि क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

 

काठमाडाैं – नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि खेल्न लागेका हुन्।

शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ। त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा बिहीबार क्यानडा र ओमानबीच खेल हुने छन्।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यी खेलहरु नेपाली समयअनुसार राति ९: ४५ बजेदेखि सुरु हुने छन्।

प्रतिक्रिया