पैसा नपाएपछि सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै किसान

राम्रो अनलाइन     ०६ फागुन २०८०, आइतबार
पैसा नपाएपछि सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै किसान

भरतपुर– भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकस्थित सडकमा आइतबार दुग्ध उत्पादक सहकारीका किसानले दूध पोखेर विरोध प्रदर्शन गरेका छन् । लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै  सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन् ।

उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् ।उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् ।

गत साउन महिनादेखि यहाँका किसानहरुले दूध बिक्री गरेको करीव ५२ करोड रकम भुक्तानी पाएका छैनन् । दूग्ध विकास संस्थान र निजी डेरीहरुले चितवनबाट दूध लगेर बेचे पनि रकम भने किसानलाई दिएका छैनन् ।

चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूधले बजार पाएको छैन । किसानहरु मिल्क होलिडेको चरम संकटमा परेको अध्यक्ष बगालेले गुनासो गरे । संघमा चितवनका एक सय १५ भन्दा बढी सहकारी आबद्ध छन् ।

दूधको रकम नपाउँदा गाईलाई खुवाउने चोकर, दाना किन्नसमेत निकै समस्या भएको किसानहरुको भनाई छ । 


 

प्रतिक्रिया