अर्घाखाँची– अर्घाखाँचीमा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी गाउँपालिका–३, टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर एक चितुवा घाइते भएको थियो ।
घाइते चितुवालाई उद्धार गरी उपचारका निम्ति अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका क्रममा सोमबार (फागुन ४) दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।