काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय कोरोनाबाट १४५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार एक पुगेको मन्त्रालयले जनाएको छ ।