काठमाडौं, ८ जेठ : थप आठ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ । हालसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप १२९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार २५३ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।
यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।
अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२/५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।