फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरे

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरे

सिङ्गापुर– गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी)ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् ।

 कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् । सिङ्गापुरपछि इन्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्याङ्क छ ।

चीन र सिंगापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन १ करोड ५० लाखदेखि १ करोड ६० लाख पुग्ने अनुमान गरेको छ ।
 

प्रतिक्रिया