पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतको आदेश 

राम्रो अनलाइन     १५ फागुन २०७८, आइतबार
पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतको आदेश 

 

काठमाडौं– जिल्ला अदालत तनहुँले नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । 

उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आइतबार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । म्याद थपका लागि उनलाई प्रहरीले हत्‍कडी लगाएरै अदालतमा पेश गरेको थियो । 

प्रतिक्रिया