झापा– झापाको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।
सोमबार बिहान ५ बजे अघिबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको हो। झापाका सबै नगरपालिका, मोरङ, इलाममा रहेका एक दर्जन बढी दमकलहरू ल्याएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । त्यतिबाट पनि नपुगेपछि भारतको नक्सलबारीबाट पनि दमकल झिकाइएको छ।
आगलागी नियन्त्रणमा लिन स्थानीय, प्रहरी लगायत परिचालन छन्। आगलागीको कारण खुलेको छैन । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।