काठमाडौँ– पोखराको बालसुधार गृहमा सोमबार राति झडप भएको छ । पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा सोमबार खाना खान लाइन बस्ने क्रममा झडप भएको हो । घटनामा ३ जना घाइते भएका छन् ।
झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।