प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी नियुक्त

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी नियुक्त

 

काठमाडौं–  प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । 

‘राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभा खाँदबारी नगरपालिका– २ निवासी अधिकारीलाई सङ्घीय संसद, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया