रामेछाप बस दुर्घटना : छानबिनको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

राम्रो अनलाइन     २८ माघ २०८२, बुधबार
रामेछाप बस दुर्घटना : छानबिनको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । 

१२ जनाको मृत्यु हुनेगरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाँउबाट छुटेका गाडीलाई खिम्तीमा नै रोकेका छन् ।

स्थानीयले दुर्घटनाको छानबिनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचारलगायत माग राखेका छन् ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया