काठमाडौं – रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
सहायक जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार ६ जनाको घटनास्थमै मृत्यु भएको छ । ६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
बस नदीमा खसेका कारण हताहतको संख्या यकिन हुन नसकेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको उनको भनाइ छ । डुंगामार्फत उद्धारकार्य जारी छ ।
०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् ।