राष्ट्रिय महिला लिगमा पुलिस क्लब विजयी    

राम्रो अनलाइन     ३० माघ २०७७, शुक्रबार
 राष्ट्रिय महिला लिगमा पुलिस क्लब विजयी    

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।     
     
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि सृजना खड्का, रेखा पौडेल र निर्मला विकले एक-एक गोल गरे। मध्यान्तरअघिको खेलमा पुलिस क्लबले १–० गोलको अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा खड्काले पहिलो गोल गरिन् ।     
     
 मध्यान्तरपछिको खेलमा पुलिसले थप दुई गोल गरेको थियो । खेलको ५४औँ मिनेटमा विकले गोल गर्दै पुलिसलाई २–० को स्थितिमा पुर्‍याइन् । यस्तै खेलको ८५औँ मिनेटमा पौडेलले गोल गर्दै पुलिसलाई ३–० गोलको जित दिलाइन्। पुलिस हालसम्म नौ खेलमा १४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । यस्तै चन्द्रपुर नौ खेलमा ६ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ ।     

प्रतिक्रिया