राष्ट्रपति भवन क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

राम्रो अनलाइन     २० फागुन २०८०, आइतबार
 राष्ट्रपति भवन क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ–  आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ । यस्तै, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने छ ।

प्रतिक्रिया