सामान्य बढ्यो सुनचाँदीको मूल्य

राम्रो अनलाइन     १४ फागुन २०८२, बिहिबार
सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंं – नेपाली बजारमा बिहीबार (फागुन १४) सुनको सामान्य बढेको छ । यस दिन सुन तोलामा ६०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया