सबैभन्दा धेरै मतदान केन्द्र प्युठान–१ मा, मनाङमा सबैभन्दा कम

राम्रो अनलाइन     २० माघ २०८२, मङ्गलबार
सबैभन्दा धेरै मतदान केन्द्र प्युठान–१ मा, मनाङमा सबैभन्दा कम

काठमाडौं– निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै मतदान केन्द्र प्युठान–१ मा तोकिएको छ । प्युठानमा २३० मतदान केन्द्र छन् । त्यहाँ १५८ मतदानस्थल छन् । 

दोस्रो धेरै मतदान केन्द्र रामेछाप–१ मा छन् । जहाँ २२८ मतदान केन्द्र र ९६ मतदानस्थल छन् । उता, बैतडी–१ मा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल छन् । 

सबैभन्दा थोरै मतदान केन्द्र र स्थल मनाङमा छन् । जहाँ २८ मतदानस्थल र मतदान केन्द्र पनि २८ रहेका छन् । फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । आयोगका अनुसार कुल २३ हजार ११२ मतदान केन्द्र र १० हजार ९६७ मतदानस्थल छन् ।

प्रतिक्रिया