काठमाडाैं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) ला लागि इंग्ल्याण्डका सेफ अलि जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । २६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डरले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ ।
उनले बकिमह्याम्पसायर र नर्थह्याम्पसायरबाट इंग्लिस काउन्टी क्रिकेट खेलेका छन् । जेबले अहिलेसम्म ७४ टी२० खेल खेलेका छन् । जसमा उनको उच्च स्कोर ९२ नर हो । सुदूरपश्चिम रोयल्सले दोस्रो विदेशी खेलाडीको रुपमा जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले यसअघि स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरिसकेको छ ।