काठमाडौँ– चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ ।
फागुन १० मा विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो ।
पोस्टमार्टममा संलग्न एक जना चिकित्सकका अनुसार, ‘बलात्कार पुष्टि भएन ।’ १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा ‘ह्याङ्गिङ’लेखिएको छ ।